Logo

२१ दिनमा क्षेत्र निर्धारणको प्रतिवेदन बनाउन चुनौती अध्यक्ष



काठमाडौं ६ साउन । निर्वाचन क्षेत्र निर्धारण आयोगका अध्यक्ष कमलनारायण दास सरकारले क्षेत्र निर्धारणका लागि दिएको समय र कामको तालमेल नमिलेको बताएका छन् । उनले तोकिएको समयसीमाभित्र प्रतिवेदन तयार गर्न मुस्किल रहेको तर आफुले चुनौतीका बीचमा पनि काम गर्ने बताए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै उनले सरकारले कार्यदेश दिएपछिमात्रै थाहा हुने बताए । सरकारले भूगो र जनसंख्या दुईटैलाई आधार बनाएर क्षेत्र निर्धारण गर्न भनेको छ ।

‘दुवै तहको गरी ४ सय ९५ वटा निर्वाचन क्षेत्र निर्धारण गर्नु छ । यसको टिओआर नै थाहा छैन । त्यसैले अहिले नै भन्न सकिएन,’ अध्यक्ष दासले भने । आयोगले संघीय संसद्का लागि १ सय ६५ निर्वाचन क्षेत्र प्रदेश संसद्का लागि ३ सय ३० निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेछ ।

अध्यक्ष दासले आयोगका अन्य सदस्यहरूसँग सल्लाह गरेर काम गर्ने बताए । निकै छाटो समय भएकाले रातदिन काम गनुपर्ने उनको भनाई छ । आज सरकारले छिओआर दिएप्छि आजैबाट छलफल सुरु गर्ने उनले बताएका छन् । यसबीचमा कार्यालय स्थापना र कर्मचारीले पु¥याउने सहयोग आयोगले साचेअनुसार भयो भने सहज हुने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot