Logo

नेपालद्वारा सिंगापुरलाई १६९ रनको लक्ष्य



काठमाडौँ, ६ साउन । सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले सिंगापुरलाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गरेको नेपालले यस प्रतियोगिताको आफ्नो चौथो खेलमा ४६।५ ओभरमा सवै विकेट गुमाउँदै १६८ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे ।

उनले ८३ बलमा दुई छक्का र दुई चौकाको मद्यतमा ५४ रन बनाए । प्रारम्भिक ब्याट्सम्यान सन्दिप सुनारले एक छक्का र दुई चौका हान्दै २६ र प्रकास केसीले २३ रन बनाए ।

बलिङतर्फ सिंगापुरका लागि वीर विक्रम विश्वासरेले तीन तथा आर्यमान सुनिल र अहान गोपीनाथले समान दुई÷दुई विकेट लिए । विश्वासरेले १० ओभरमा दुई मेडन राखि २९ रन दिए । आर्यमानले पाँच ओभरमा २३ रन तथा गोपीनाथले १० ओभरमा ३१ रन खर्चे ।

सिंगापुरले केहीबेरमा ब्याटिङ गर्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्