Logo

चुनावमा जाने नजाने तय गर्न राजपाले बोलायो निर्णायक बैठक



काठमाडौं ७ साउन । राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) नेपालले केन्द्रीय कार्य समितिको बैठक बोलाउने निर्णय गरेको छ ।  निर्वाचन आयोगमा पार्टी दर्ता भएपछि बसेको अध्यक्ष मण्डलको पहिलो बैठकले साउन १८ गतेदेखि २० गतेसम्म केन्द्रीय पदाधिकारीको बैठक डाक्ने निर्णय गरेको हो । बबर महलस्थित राजपा नेपालको केन्द्रीय कार्यालयमा दुई दिनसम्म चलेको अध्यक्ष मण्डलको बैठकले केन्द्रीय पदाधिकारीको बैठकपछि २१ गतेदेखि केन्द्रीय कार्य समितिको बैठक राख्ने निर्णय गरेको पार्टीका संयोजक महन्थ ठाकुरले जानकारी दिनुभयो ।

राजपा नेपालको केन्द्रीय कार्य समिति ८१५ जनाको छ । तीमध्ये १३५ जना पदाधिकारी छन् । राजपाले १३५ जनाको नाम निर्वाचन आयोगमा बुझाएकोमा कोषाध्यक्ष अनिता यादव र सह महासचिव समिम मियाँ अन्सारी पार्टी छाडेर एमालेमा प्रवेश गरिसक्नुभएको छ । तर राजपा नेपालले हालसम्म पदाधिकारीबाट उहाँहरूको नाम यथावत् राखेको छ ।

 



प्रतिक्रिया दिनुहोस्