Logo

अमेरिकी राष्ट्रपति कार्यालयका सचिवद्वारा राजीनामा



वासिङ्टन, ७ साउन । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सन इस्पिसरले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले एन्थोनी स्कारमुक्कीलाई राष्ट्रपति कार्यालयको सञ्चार निर्देशकका रुपमा नियुक्त गरेपछि उहाँले राजीनामा दिनुभएको सञ्चार माध्यमले जनाएका छन् ।

सञ्चार निर्देशक नियुक्त गर्ने विषयमा इस्पिसरले असहमति जनाउदा जनाउँदै पनि राष्ट्रपति ट्रम्पले एन्थोनीलाई सञ्चार निर्देशकका रुपमा नियुक्त गरेको सञ्चार माध्यमले उल्लेख गरेका छन् । इस्पिसरले एन्थोनीको मातहतमा रहेर काम गर्नुपर्ने व्यवस्था भएको थिषो ।

ट्रम्पको कार्यकाल सुरु भएदेखि प्रेस सचिव रहेका बेला उहाँ धेरै विवादमा पर्नुभएको थियो । कतिपय पत्रकार सम्मेलन अशिष्ट, अभद्र र अव्यवस्थितसमेत भएका थिए ।

नवनियुक्त सञ्चार निर्देशक स्कारमुक्की राजनीतिक तथा आर्थिक मामिलामा चर्चित व्यक्तित्व हुनुहुन्छ । उहाँले धेरै बैंक तथा आर्थिक संस्थामा काम गरिसक्नु भएको छ । ५३ वर्षीय स्कारमुक्की सिएनएनमा पनि आवद्ध हुनुभएको थियो । रासस÷सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्

Screenshot