Logo

बरुणेश्वर प्रथम झरना महोत्सव सुरु, ख्याति प्राप्त कलाकारको धमाका



धनराज वास्तविक : काठमाडौं, ९ साउन । ‘हाम्रै गाउँ हाम्रै ठाउँ, झरना महोत्सव हेर्न जाऔँ’ भन्ने मुलनाराका साथ आज देखि आन्तरिक धार्मीक पर्यटन प्रर्वधनका लागि श्री कृष्ण बरुणेश्वर प्रथम झरना महोत्सव–२०७४ सुरु भएको छ।

राजधानीको टोखा नगरपालिकामा अवस्थित श्रीकृष्ण बरुणेश्वर महादेव मन्दिर परिसरमा सञ्चालन भएको यो महोत्सवमा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति राखिने आयोजकले जानकारी दिएको छ ।

किम्बदन्ति अनुसार पुत्र नभएकाले यस स्थलमा रहेको महादेवको गुफा बाहिर पवित्र मनले घण्ट चढाएमा पुत्रलाभ हुने विश्वास रहँदै आएको छ। प्रेमी प्रेमीकाले समेत यस स्थानमा आएर पुजा गर्ने, प्रेमको जीवन्तता खोज्ने गरेको स्थानीय वासिन्दा बताउछन् ।

श्री कृष्ण बरुणेश्वर महादेव स्थल २ वटा झरना रहेका छन् । मुखय झरना ११० फिट लम्बाईको विशल ढुङ्गाको सिरबाट खस्दछ । अर्को झरना मन्दीरको तल करिब ८० फिट लम्बाईको सहयाक झरना झर्दछ। सामुन्द्रीक तटबाट १५०० मिटरको उचाईमा रहेको छ ।

विशाल ढुङ्गाको गर्भमा उक्त स्थलमा करिब ५० फिटको गुफा रहेको छ । गुफा भित्र गणेश, नागराजा, नागिरानी शिबको मुर्ति, रहेको छ। गुफा भित्र प्रवेश गर्ने बित्तिकै चिसो हावा बहन थाल्छ ।

त्यस्तै धार्मीक तथा प्राकृतिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ । यो झरना रहेको स्थलमा २वटा झरनाको व्यापक प्रचारप्रसार गरि स्थानीय स्तरमा उत्पादीत बस्तु कला, संस्कृति र प्रकृतिको प्रबर्धन गर्ने झरना महोत्सवको उद्देश्य रहेको छ । भरना महोत्सव गरि बढी भन्दा प्रचारप्रसार गरि धार्मीक पर्यटनको विकास गराउने लक्ष्य रहेको आयोजकले जानकारी दिएको छ।

महोत्सव आगामी १६ गतेसम्म चल्नेछ । महोत्वसमा कुलेन्द्र बि.क, खुमन अधिकारी, पशुपति शर्मा, रामजी खाँड, टिका पुन, पुर्णकला बिसी, हेमन्त शर्मा, शिब परियार, राज सिग्देल, तिलक बस्नेत, बन्दना पाण्डे, रानु निरौला, सम्झना लामिछाने लगायतका कलाकारहरूले प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

 



प्रतिक्रिया दिनुहोस्