Logo

आंगिक प्राध्यापक करारको माग गर्दै रिले अनशनमा



काठमाडौं, १० साउन । त्रिभुवन विश्वविद्यालयका आंगिक प्राध्यापकले करारको माग गदै आजदेखि रिले अनशन शुरु गरेका छन् । कम्तीमा एक शैक्षिक सत्र पढाएका आंगिक प्राध्यापकलाई करारमा नियुक्ति दिनुपर्ने माग गदै रिले अनशन शुरु गरिएको आंगिक प्राध्यापक संघका सदस्य घमराज लुइँटेलले बताउनुभयो ।

आंगिक प्राध्यापकले उपकुलपतिको कार्यालय अगाडि आज बिहान ८ बजेदेखि अनशन शुरु गरेका हुन् । लुइँटेलका अनुसार साउन २२ गतेसम्म अनशन सञ्चालन हुनेछ ।

उनीहरुले नियमित रुपमा त्रिवि सेवा आयोगबाट उप–प्राध्यापकको विज्ञापन खुलाउनुपर्ने र शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने समेत माग राखेका छन् । अनशनबाट हाम्रा माग सम्बोधन नभए कडा आन्दोलन गर्ने उहाँले जानकारी दिनुभयो ।

विसं २०६१ देखि त्रिविको केन्द्रीय क्याम्पस कीर्तिपुरसहित देशभरिका त्रिविका आंगिक क्याम्पसमा करिब एक हजार २०० आंगिक प्राध्यापक छन् । आंगिक प्राध्यापकले प्रति शिक्षणबापत ३६० पाउने गर्दछन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot