Logo

भूकम्पपीडित कृषकलाई ५३ लाख अनुदान



पोखरा, १० साउन । जिल्ला पशु सेवा कार्यालय कास्कीले आर्थिक वर्ष २०७३÷७४ मा भूकम्पपीडित पशुपालक कृषकलाई रु ५३ लाख अनुदान वितरण गरेको छ ।

भूकम्प पुनःनिर्माण प्राधिकरणबाट प्राप्त अनुदान पाउनेमा जिल्लाका २६८ जना कृषक भएको कार्यालयका पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बाख्राको खोर, गाईभैँसीको गोठ, कुखुराको खोर, उच्च प्रजनन बाख्रा, बोका थुमा वितरण, बंगुरको पाठापाठी, कुखुराको चल्लालगायतमा उक्त अनुदान दिइएको कार्यालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot