Logo

छमछमी नचाउने गीत लिएर आए गायक माल्दाई र गायिका प्रतिक्षा – भिडियो



काठमाडौं,११ साउन । लोकदोहोरी गायक कमल बि.सी.माल्दाई र गायिका प्रतिक्षा वाग्लेको आवाजमा “रातो सारी लरक्कै” बोलको निकै उत्कृष्ट तीज गीत सार्वजनिक भएको छ ।

गायिका वाग्लेको पहिलो एल्बमको रुपमा यो गीत बजारमा आएको हो । बागेश्वरी म्युजिक मार्फत बजारमा आएको उक्त गीतमा गायक बिसीकै शब्द,संगीत रहेको छ ।

युट्युबमा सार्वजनिक भएको छोटो अवधिमा उक्त गीत धेरैले रुचाएका छन । आफ्नो यो पहिलो तीज गीत सुन्दा वित्तिकै नाचम् नाचम् लाग्ने खालको बनेकाले गीत सबैले रुचाउनेमा आफु ढुक्क रहेको गायिका प्रतिक्षा वाग्लेले बताउनुभयो ।

युट्युबमा गीत सार्वजनिक भएदेखि सबैतिरबाट आफुलाई गीतको राम्रो प्रतिकृया आईरहेको गायक बिसीले बताउनुभयो । शंकर बि।सी।को निर्देशन रहेको उक्त गीतको म्युजिक भिडियोमा स्वयम शंकर बि।सी।, करिष्मा ढकाल र गुलेली कान्छाले अभिनय गरेका छन् ।

गीत अनुसारको म्युजिक भिडियो समेत छमछमी नचाउने खालको बनेको निर्देशक तथा मोडल शंकर बि।सी।ले बताउनुभयो । एउटा अचम्मको कुरा केछ भने यस गीतको सुटिङ ३५ मिनेट भित्रमा सकिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot