कौरव खत्री
गुल्मी १२ साउन । गुल्मीकोे पौदी अमराई, नेटा, दर्लिङ्ग, ह्वाङ्गदी तथा बाग्लुङ्गको ग्वालिचौर लगायतका क्षेत्रमा एम्बुलेन्स सञ्चालन गर्नका लागि निस्ति– बडिगाढ सामुदायिक बिकास केन्द्रले आफ्नो एम्वुलेन्स सेवाको काम अन्तिम चरणमा पुगेको जानकारि दिएको छ ।
आगामी दशै अघि एम्बुलेन्स सेवा प्रारम्भ गर्ने लक्ष्य सहित काम अगाडि बढेरहेको संस्थाका अध्यक्ष मोहन घिमिरेले जानकारी दिएका हुन । साथै सहयोगदातालाई सम्मानगर्ने उद्देश्यका साथ एम्बुलेन्स स्मारिका प्रकाशनगर्न लागिएको अध्यक्ष घिमिरेले बताए।
गत वर्षकोे भदौ देखि थालिएको एम्बुलेन्स सहयोग अभियानमा हालसम्म करीव १८ लाख सहयोगको बचनबद्धता प्राप्त भएको र करिव ८ लाख रुपैया संस्थाको खातामा जम्मा भइसकेको छ । संस्थाले सबै सहयोगदाता र एम्बुलेन्स अभियन्ताहरुलाई अविलम्ब सहयोग रकम जम्मा गरिदिन संस्थाले आग्रह गरेको छ ।