Logo

भान्सामा दैनिक प्रयोग हुने तरकारी उत्पादनमा धेरै विषादी



काठमाडौं १३ साउन ।भान्सामा दैनिक प्रयोग हुने तरकारी उत्पादनमा धेरै विषादी प्रयोग हुने गरेको भेटिएको छ ।

किसानले उत्पादन गर्दा नै चाँडो फलाउन, किरा फट्याङ्ग्रा मार्न, प्रतिकुल मौसमबाट जोगाउन तथा लामो समयसम्म ताजा देखाउन तरकारीमा विषादी प्रयोग गर्ने गरेका छन् । विषादी छर्नासाथ तरकारी टिप्ने र बजारमा पठाउने प्रवृत्ति पनि बढेको छ । जसका कारण उपत्यकाका उपभोक्ता विषादीयुक्त तरकारी उपभोग गर्न बाध्य छन् ।

कृषि विकास मन्त्रालयमातहतको बाली संरक्षण निर्देशनालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अलग अलग अनुगमन र परीक्षण गरेका छन् ।

अनुगमनले बेमौसमी तरकारीमा बढी विषादी प्रयोग हुने गरेको देखाएको छ ।

स्नायुमा असर गर्ने विषादी

कृषि विकास मन्त्रालयमातहतको बाली संरक्षण निर्देशनालयका सूचना अधिकारी दिनेशबाबु तिवारीका अनुसार स्नायु प्रणालीमा असर गर्ने अर्गानो फस्फेट र कार्बोनेटनामक दुई विषादीको प्रयोग धेरै देखिएको छ ।

किसानले चाँडो तरकारी फलाउन, ताजा देखाउन यस्ता विषादी प्रयोग गरेका हुन् । दुवै विषादी प्रयोग गर्न बन्देज छ ।

गोलभेँडा र काउलीमा झन धेरै विषादी

आव ०७३/७४ कृषि विकास मन्त्रालयमातहतको बाली संरक्षण निर्देशनालयले गरेको परीक्षणमा गोलभेँडा र काउलीमा सबैभन्दा धेरै विषादी रहने देखाएको छ । –नयाँ पत्रिका दैनिकबाट



प्रतिक्रिया दिनुहोस्