Logo

वर्ल्ड कभर मिडियाको प्रस्तुतिमा तिज गीत सार्वजनिक



काठमाडौं, १७ साउन। हिन्दु नारिहरुको महान चाँड हरितालीका तिजको पूर्व सन्ध्यामा सर्जक, कलाकार, म्यूजिक कम्पनिहरु
तिजका भाकाहरु बजारमा पठाउनमा खुब व्यस्त देखिन्छनु । २०७४ सालको तिजको अवसरमा वर्ल्ड कभर मिडियाले निकै भिन्न र उत्कृस्ट शब्द र लयमा सजिएको तिजभाका बजारमा ल्याएको छ ।

उक्त गीतले नेपाली संस्कृतीलाई समेटेको निमार्ण पक्षले जानकारी दिएको छ। अल्लि नजिक सर मायालु’ बोलको तीज गीतले समाजका सत्य तथ्य पक्षलाई उजागर गरेको निमार्ण पक्षको दावि छ ।

भिम पौडेल, लक्ष्मी बुढा मगर अनी वर्ल्ड कभर मिडियाको प्रस्तुती रहेको तीज गीत ‘अल्लि नजिक सर मायालु’मा भिम पौडेलको उत्कृष्ट लय शब्द रहेको छ भने सुरेश शाहीले एरेन्ज गरेका छन।

गीतमा भिम पौडेललाइ स्वरमासाथ दिएकि छन् गायीका लक्ष्मी बुढा मगरले । निकै रोमान्चक ढंगले तयार पारिएको यस गीतको म्युजिक भिडियोमा निर्देशन हेरुका लामा र मोडलमा हेरुका लामा र कुसुम तामांगले उत्कृष्ट नृत्य तथा अभिनय गरेका छन् । भिडियोमा छायांकन र सम्पादन बिरेन्द्र भाट ‘बिपिन’ले गरेका छन त्यस्तै दिलिप योन्जनको सह सम्पादन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot