Logo

चुडामणि शर्मालाई किन लगियो प्रहरी हिरासतमा



 

काठमाडौं, १७ साउन। कर फर्छ्यौट आयोगमार्फत कर मिनाहा दिइएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका आन्तरिक राजश्व विभागका पदच्यूत महानिर्देशक चुडामणि शर्मालाई न्यायीक हिरासतमा राख्न सर्वोच्च अदालतले निर्देशन दिएको छ ।

सर्वोच्चको फैसलासँगै शर्मा अब प्रहरीको न्यायिक हिरासतमा रहने छन् । राजश्व अनियमितताको आरोपमा अख्तियारले शर्मालाई गत जेठ १९ गते समातेको थियो ।

न्यायधीशहरू केदारप्रसाद चालिसे, दिपकराज जोशी, शारदाप्रसाद घिमिरे, दिपक कुमार कार्की, र अनिलकुमार सिन्हाको पूर्ण इजलाशले उक्त आदेश दिएको हो । शर्माकी श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सर्वोच्चले यस्तो आदेश दिएको हो ।



प्रतिक्रिया दिनुहोस्