Logo

जिप दुर्घटना हुँदा ९ जनाको घटनास्थमा मृत्यु



डोटी २१ साउन । डोटीको दिपायलबाट बोगटान गाउँपालिकाको चबराचौताराका लागि छुटेको जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ ।
शुक्रबार राति साढे १० बजे बोगटान गाउँपालिका–६ गगुडामा दुर्घटना भएको हो । शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् भने चारजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । बोगटान गाउँपालिका वडा नम्बर ६ गगुडामा यात्रुबहाक जिप दुर्घटना हुँदा ९ जनाको घटनास्थमा मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा गाउँपालिका वडा नम्बर १ सिमचौरका बिष्णुबहादुर मगर, भिम घर्तिमगर, बुढो घर्ति मगर, गोरख थापा, शसिराम बहादुर पुनमगर, ललीता देबी पुन, टेकबहादुर पुनमगर, चन्द्रबहादुर घर्तिमगर रहेका छन् भने शिखर नगरपालिका १–कपल्लेकीका चालक कृष्णबहादुर नेघीको पनि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी शिबबहादु सिंहले जानकारी दिनुभयो ।

दुर्घटननामा पर्ने यात्रु सबै बोगटान गाउँपालिका वडा नम्बर १ सिमचौरका रहेका छन् । गएराती राती शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जिप दुर्घटनामा परेको हो । जिप सडकबाट १ किलोमिटर तल भिरमा खसेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot