काठमाडौं २१ साउन । नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा भएको अनियमितताको छाविन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।
निगमको जग्गा खरिद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले अनुसन्धानका लागि अख्तियारीलाई जिम्मा दिने निर्णय गरेक छ ।
‘जग्गा प्राप्ति ऐनलाई बेवास्ता गरी छेन्डरमार्फत खरिद गर्दा ब्यापक अनियमितता भएको देखिएकाले अख्तियारलाई अनुसन्धानका लागि पत्र पठाउन लागिएको हो ।’-डोरप्रसाद उपाध्याय, सभापति, लेखा समिति