Logo

बडिगाडमा आएको बाढीले एक घर बगायो, झेँदीवासी उच्च जोखिमा



कौरव खत्रीः गुल्मी २१ साउन । मुसिकोट नगरपालिका ७ मा निरन्तर परिरहेको बर्षासँगै बडिगाढ खोलामा आएको बाढीले एक घर बगाएको छ । मुसिकोट नगरपालीका ७ झेँदी स्थित नर बहादुर कार्किको घर जोखिममा परेको हो । पोहोर साल पनि बडिगाड खोलाले उनको पुरै खेत बगाएको थियो ।

अहिले पनि बाँकी रहेको त्यही घर पनि बगाएर लैजादा उनीलाइ खपिनसक्नु पीर परेको छ । कार्की केही बर्ष अघि आफुले जग्गा किनेर झेँदीमै बस्ने उद्धेश्यका साथ घर पनि बनाएको तर दुइ बर्षमा बाढीले बित्यास निम्त्याएपछि समस्या परेको छ । पोहोर साल नै जोखिममा पारेको भएको कारण कार्की परिवार त्यस घरमा बस्ने भने गरेका थिएनन ।

मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाका अनुसार पीडित कार्कीलाइ बिपद ब्यबस्थापन कोषबाट तत्काल नगरपालिकाले ब्यबस्था गरेको ५ हजार राहात रकम प्रदान गरीने भएको छ ।

त्यसैगरी घट्नाको मुचुल्का तयार गरी जिल्ला प्रशासन कार्यालयमा पठाइ थप क्षतीपुर्तिको ब्यबस्था गराउन पनि आफुहरु लागि परेको सापकोटाले जानकारी दिनुभयो । त्यसैगरी बाढीले झण्डै ५० रोपनी खेत बगरमा परिणत गरेको छ ।

गत बर्ष पनि श्रावण १० र ११ गतेको बर्षाले बडिगाड खोलामा बाढी आउँदा सयौ रोपनी खेत बगरमा परिणत भएको थियो भने मानिसहरु पनि बिस्थापीत भएका थिए । बाढीले स्थानीय बासिन्दा त्राहिमाम भएका छन ।

photo- gulmipost

 



प्रतिक्रिया दिनुहोस्