काठमाडौं २२ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैडकले पार्टीको भावी रणनीति, पार्टीका विधान र चुनावको सहभागिताका विषयमा टुङ्गो लगाउने छ । नेताहरुबीच विवाद छ । नेपालको चार दिनसम्म चलेको पदाधिकारीको बैठकले यथास्थितिमा निर्वाचन बहिष्कार गर्ने प्रस्तावसहितको राजनीतिक प्रतिवेदन शनिबार पारित गरेको छ ।
निर्वाचन बहिष्कार गर्दै निर्वाचनका गतिविधिहरुमा अवरोध पुर्याउने पुरानो निर्णयलाई नै पदाधिकार बैठकले सदर गरेको नेता मनिष सुमनले जानकारी दिए । उनका अनुसार संविधान संसोधन नभए चुनावमा नजाने विषयमा केन्द्रीय समितिले पनि निर्णय गर्नेछ ।