Logo

कांग्रेसमा पुर्नताजकीको अभियान आवश्यक छः डा.संग्रौला



दाङ २२ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य महिला नेतृ डा। डिला संग्रौलाले काँग्रेसमा संगठन सुद्धिढिकरणका साथै पूर्नताजकीको अभियान थाल्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लव दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँलेसंग्रौलाले पार्टी भित्रको अन्तरघात र अनुशासन हिन्ताको कारणले कांग्रेस पहिलो पाटी हुदा हुदै पनि स्थानीय तहमा दोस्रो स्थानमा आउनु परेको भन्दै अव आफुहरुले त्यस अभियानलाई लियर जिल्ला जिल्लामा हिडेको बताउनुभयो ।

नेपाली काँग्रेसले विभिन्न कारणले स्थानीय निर्वाचनमा धेरै स्थानमा पराजय भोग्नु परेको भन्दै अव कमिकम्जोरीहरुलाई सच्याउदै प्रदेश र संघको निर्वाचनमा लाग्नुपर्ने बताउनु भएको छ । उहाँले अव ‘काँग्रेसमा देखिएको यो भद्रगोलको अवस्थालाई अव हामिहरुले सुधार गर्नु पर्छ हैन भने पाटीमा अनुसासन हिनता बढदै जाने छ ।

त्यस्तै उहाँले देश भरिका महिलाहरु संग भेटघाट र स्थानीय निर्वाचनको समिक्षाको लागि आफुहरुले अभियान थालेको भन्दै स्थानीय तहमा जितेकाहरुलाई बधाई र पराजय भोगेकाहरुलाई सहानुभुर्ति दिएको बताउनुभयो प्रदेशको चुनावमा ५० प्रतिसत अधिकारका साथै संघको चुनावमा महिला महिला विच खुल्ला प्रतिसप्रर्दा आवश्यक भएको बताउनुभयो ।

त्यसैगरी उहाँले सरकारमा पनि ३३ प्रतिसत महिला सहभागीता हनुपर्ने आफुहरुको माग भएपनि सो हुन नसेको बताउनुभयो । महिला संघकी पूर्व सभापति समेत रहनुभएकी संग्रौलाले स्थानीय तहमा महिलाहरुले केही अधिकार पाएको बताउनुभयो ।

रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कारमा पूर्व संसाद उर्मीला थापाले संविधानमा महिला महिला अधिकार सुनिश्चिता भएपनि तल्लो तहमा समाजले अफैपनि साथ नदिएको बताउनुभयो ।

उहाँले अव आफुहरु मिसन र भिजन सहित जिल्ला दौडाहमा लागेको भन्दै यसले संगठन सुधार हुने विश्वास व्यक्त गर्नु भयो । त्यसैगरी कार्यक्रममा महिला नेतृ महिला संघकी पुर्व केन्द्रीय सदस्य निर्मला क्षेत्रीले महिलाहरुको ३३ प्रतिसत सहभागीता भने पनि सो व्यहारमा लागु हुन नसकेको भन्दै गुनासो गर्नु भयो ।

उहाँले संविधान जारीगर्दा एक भएका दलहरु हल विभाजन भएको भन्दै तिनै तहको निर्वाचन र संविधान कार्यान्वयन गर्दा सम्म सहमति र सहकार्यका साथ अगाडि बढनुपर्ने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot