Logo

लाइसेन्स लिने लाइनमा मन्त्री बसेपछि



काठमाडौं २३ साउन ।
सधैं भीडभाड र कोलाहल हुने यातायात ब्यवस्था कार्यलय एकान्तकुनामा एक ब्यक्ति लाईनमा उभिए । दायाँबाँयाँ लाईसेन्स लिन लामबद्धहरुले उनलाई आफुजस्तै सेवाग्राही ठाने । ती ब्यक्तिले सेवाग्राहीसंग लाईसेन्स लिन कति गाह्रो है तपाईको मिलाएको हो ? भनी एक दुई जनासंग संवाद पनि गरे । त्यसरी लाईनमा बसेर सेवाग्राहीसंग संवाद गर्ने ती ब्यक्ति यातायातमन्त्ती वीरबहादुर बलायर थिए ।

मन्त्री बलायरले दलालको चलखेल बुझ्न परिचय लुकाएर अनुगमनमा गएको बताए । म अनुगमनमा निस्केको कुरा यातायातका कर्मचारीलाई जानकारी थिएन । सेवाग्राहीले पाएको दुःख देखेर चिन्तित भएँ उनले भने ।, यो खबर आजको कान्तिपुरमा छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot