काठमाडौं २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रमुख दुई नेताबीच केन्द्रीय सदस्य र सांसद तानातान भएका छन् । अध्यक्ष कमल थापा कुनैपनि हालतमा ४० प्रतिशत पुरयाउन नदिने रणनीतिमा लागेका छन् भने वरिष्ठ नेता पशुपतिशमशेर राणाले आफ्नै अध्यक्षतामा २२ जना सांसदसहित नयाँ पार्टी निर्वाचन आयोगमा आइतबार दर्ता गरिसकेका छन् । आज हस्ताक्षर बुझाउने तयारी छ । राणाको पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक राखिएको छ । एक भएको ६ महिनालगत्तै दुई चिरा भएको हो ।
करिब २ महिनादेखि नै यो पार्टीमा सरकारमा जाने नजाने र संविधान संशोधन विधेयकको पक्षमा उभिनेरनउभिने भन्नेमा तीव्र विवाद थियो । त्यसबारे पुष्पकमल दाहाल सरकारले संविधान संशोधन विधेयक अघि बढाउँदा राप्रपाकै १० सांसदले असन्तुष्ट भई बैठक बहिष्कार गरेका थिए । अध्यक्ष कमल थापा भने संशोधनको पक्षमा थिए । राणाले बहुमत आफ्नो पक्षमा हरहेकाले अब नयाँ पार्टीका रुपमा राप्रपा अगाडी आउने दावी गरे ।
उनले थापाले दैलेखका शोभा शाहीलाई थापाले अपहरण गरेको पनि दावी गरे । उनले हिजो रामकुमार सुब्बाको नेतृत्वमा रहेका ती असन्तुष्ट १० सांसदसहितलाई लिएर नयाँ पार्टी दर्ता गरेका हुन् । पार्टी फुटेपछि अध्यक्ष थापा राणको पक्षमा ४० प्रतिशत पुरयाउन नदिने रणनीतिमा लागेका छन् । रिपोटर्स नेपाल डटकमसँग कुराकानी गर्दै उनले राणाको पक्षमा ४० प्रतिशत नभएको र पार्टीले मान्यता नपाउने दावी गरे । ‘नयाँ पार्टी दर्ता ‘दुर्भाग्यपूर्ण’ छ थापाले भने ‘निर्वाचन आयोगमा पुर्याइएको हस्ताक्षर नक्कली छ आज आयोगका अगाडी नै रहेर हस्ताक्षर गर्नुपर्छ । ’