शम्भु प्रसाद दंगाल : सिन्धुपाल्चोक २३ श्रावण । मेलम्ची नगरपालिका वडा नं. १३ (फटकशिला ) वडाध्यक्ष देवेन्द्र घोरासैनी चुनावी प्रतिवद्धतामा जुटेका छन् ।नेकपा माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्षमा विजय देवेन्द्र घोरासैनीले आफ्ना चुनावी प्रतिबद्धताअनुसार फटकशिलावासीले भोग्नुपरेको पिउने पानीको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम तिव्ररुपमा अगाडि बढाएका छन् ।
अध्यक्षले कार्यभार सम्हाले लगत्तै युवा नेता तथा पुर्व जिल्ला सदस्य शिवराम दंगालको अध्यक्षतामा सर्वपक्षीय फटकशिला खानेपानी उपभोत्ता समिति गठन गरी पिउने पानीको समस्या समाधानको कार्य अगाडी बढाएका हुन् । शुरुमा भस्मेखोलाबाट लिफ्ट गरी पानी तान्ने योजना तय भई सरोकारवाला निकायबाट सर्वे भईसके पश्चात् पनि फटकशिलावासीलाई खानेपानीको कार्य अगाडी बढाउन खोज्दा अवरोध गरिएकाले विकल्पमा भस्मेखोलाको शिरमा डिप बोरिङ गरी खानेपानी निकालिएको हो ।
केही स्थानीय वासिन्दाले इन्द्रावतीबाट लिफ्ट गरी पानी तान्नु पर्ने कुरा उठाए पनि त्यहाँबाट पानी तान्दा स्थानीय जनता पानीको महङ्गाईमा पर्ने भएकाले भस्मेखोलाको शिरबाट विकल्पको रुपमा डिप बोरिङ गरी पानी निकालिएको जानकारी अध्यक्ष घोरासैनी दिए ।
ट्याकी, घरघरमा पानी वितरणका लागि पाइप लगायत अन्य सामाग्रीलाई दुई करोड पचास लाख लाग्ने स्टमेट भएको हुदाँ बजेट अभावका कारण खानेपानीको कार्य अगाडी बढाउन दातृ संस्थाहरुको खोजी भइरहेको वडा अध्यक्ष देवेन्द घोरासैनीले बताए ।उक्त खानेपानीका लागि अहिलेसम्म ९० लाख खर्च भइसकेको उपभोक्ता समितिका अध्यक्ष शिवराम दंगालले बताए ।
अहिले तत्कालका लागि पुराना पानी ट्याकीहरुलाई सरसफाई गरी अति अभाव रहेका टोलहरुलाई पानी खुवाउने योजना रहेको पनि दंगालले बताए । खानेपानी घर घरमा आउने भएपछि फटकशिलावासी हर्षित भएका छन् । विकासे कार्यले वर्षौ पछि परेको फटकशिलामा आजसम्म कुनै पनि राजनीतिक संगठन बाट खानेपनीको विषय उठान नगरिएकाले पनि मेनपा १३ मा नेकपा माओवादीको विजय संगै ठोस तथा दीर्घकालिन विकास निर्माण कार्य अगाडी बढ्नेमा स्थानीयवासी आशावादी रहेका छन् ।
चुनावी प्रतिबद्धता अनुसार त्यस्तै अर्को महत्वपुर्ण कार्य सिपाघाटदेखि छाप भञ्याङ्गसम्म र फड्केश्वरदेखि पँधेराचौरसम्म हिउँद बख्र्रा जतिबेला पनि सडक सञ्चालन हुनेगरी सडक निर्माण गर्ने अठोटका साथ अगाडी बढेका छौ, अध्यक्ष देवेन्द्र घोरासैनी भने ।वर्षाै पछि परेको फटकशिलालाई आफ्नो पाँच वर्षे कार्यकाल भित्र नमुना वडा बनाउने योजना रहेको अध्यक्ष घोरासैनीले दावी गरे ।
उनि भन्छन, मलाई सक्नु हुन्छ सहयोग गर्नुस्, सक्नु हुन्न असहयोग नगर्नुस, मलाई काम गर्न दिनुस आफ्नो कार्यकाल भित्र सहज रुपमा काम गर्ने वातावरण भयो भने फटकशिला कायपलट हुन्छ । फटकशिलाका जनताको स्तर वृद्धि गर्ने सोच राखी सबै वर्ग समुदाय, राजनीतिक सहयात्री, प्रतिपक्षी पार्टी प्रतिनिधीहरुको साथ सहयोग विना एक्लै कसैले केही गर्न नसक्ने भएकाले फटकशिलालाई सामाजिक, आर्थिक र साँस्कृतिक परिवर्तन गर्न सबैको सहयोग भए पाँच वर्ष भित्र ठूलै परिवर्तन गर्न सकिने अध्यक्ष घोरनसैनीले दावी छ । मैले लोभ लालच राखेर कमाउन फटकशिलाको नेतृत्व गर्न आएको होइन ।
काम गरेर देखाउन र आफु जन्मेको ठाउँमा केही गरेर नमुना बनाउने सोच राखी वडा अध्यक्षमा उठें, मलाई जिताउनु पनि भयो । म बाट तपाईहरुले आशा पनि राख्नु भएको छ, तपाईहरुले राख्नु भएको आशालाई निराश हुन दिन्न । समस्याहरु असरल्ल छन् फटकशिलाको । गुठीको समस्या त्यस्तै छन् । सबै समस्यहरुलाई एउटा नीतिगत सिस्टम बनाई सम्बोधन गर्दै जाने अठोट रहको छ । जनताका दैनिक जनजीविकाका समस्याहरुलाई सहजीकरण गर्नु मेरो कतव्र्य हो उनले भने ।