Logo

डा. केसीको स्थिती नाजुक, अनशनस्थिलमै आईसीयु



काठमाडौं २४ साउन । प्रा.डा. गोविन्द केसीको स्वास्थ्य स्थिति खस्कँदै गएपछि अनसनस्थल मै भेन्टिलेटरसहितको सघन चिकित्सा कक्ष (आइसियु)मा चाहिने सबै उपकरण तयारी अवस्थामा राखिएका छन् । डा. केसी १५ दिन देखी त्रिवि शिक्षण असपताल हातामा ७ बुँदे मागसहित ११ औंपटक आमरण अनसन गरिरहेका छन् ।  अनसनस्थलमा हाल २४ घन्टा वरिष्ठ चिकित्सकलाई राखिएको जनाउँदै प्रा.डा. दिव्या सिंह शाहले त्यहाँ आइसियुमा चाहिने आवश्यक उपकरणहरु समेत तयारी अवस्थामा राखिएको बताइन् ।  अनसनस्थलमा हाल भेन्टिलेटर, मुटू एक्कासी बन्द भए विद्युतीय झड्का दिएर चलाउने मेसिन (डिफ्ब्रिलेटर) लगायतका अन्य मेसिनहरु राखिएका छन् ।

‘कुनै पनि बेला डा. केसीलाई सघन चिकित्साको आवश्यकता पर्नसक्ने भएकोले उक्त उपकरणहरु तम्तयार राखिएको हो,’ डा. शाहले भनिन्, ‘बोल्दा बाहेक हरदम उहाँलाई अक्सिजन दिई राखिएको छ ।’

हाल डा. केसीलाई बस्दा, पल्टदा समेत रिंगटा लाग्न थालेको छ । हातमा सेलाइन चढाइने ठाउँमा सुन्निएको छ । मांसपेसी बाउँडिन, छाती दुख्ने समस्या पहिलेको दाँजोमा अलि बढेको छ । शरिरमा अक्सिजन, इलेक्ट्रोलाइट, सेतो रक्त कोष, क्याल्सियम, फस्फोरस आदिकोको कमीमा समेत वृद्घि भएको छ । डा. केसकिो सिस्टोलिक रक्तचाप (माथिको) सयभन्दा कम रहने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्