Logo

सह-अध्यक्ष यादवले पार्टी छाडेपछि छटपटीमा गच्छदार



काठमाडौं २५ साउन । फोरम लोकतान्त्रिका अध्यउक्ष विजयकुमार गच्छदार संकटमा परेका छन् । लोकतान्त्रिक फोरमका सह अध्यक्ष रामेश्वरराय यादवले पार्टी परित्याग गरेपछि अध्यक्ष गच्छदार अप्ठ्यारोमा परेका छन् । उनले बाँकी सदस्यहरुसँग बुधवार छलफल गर्दैछन् । सरकारमा सहभागिताको विषयलाई लिएर असन्तुष्ट यादवले पार्टी छाडेको बताएका छन् । नेपाली रेडियो नेवटर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै यादवले पार्टी सञ्चालनमा कुरा नमिलेर पार्टी छाडेको बताए । उनी बाहिरिएपछि तेस्रो चरणको निर्वाचन नजिकिदै गर्दा गच्छदारलाई घाटा लागेको छ ।

लामो समयदेखि नेतृत्वसँग असन्तुष्ट रहँदै आएका यादवले मंगलबार अध्यक्ष गच्छदारलाई राजीनामा पत्र बुझाउँदै पार्टी छाडेको बताएका हुन् । पार्टी परित्याग गरेका यादव केही नेता कार्यकर्तासहित एमालेमा प्रवेश गर्ने तयारीमा रहेका छन् ।

उनी पूर्व कानुन मन्त्री समेत हुन्। स्थापनाकालदेखि हालसम्म पार्टी संस्थागत रुपमा अगाडी बढ्न नसकेको, पार्टीका नेता तथा कार्यकर्ता जसले निस्वार्थ भावले पार्टीमा खटिएका छन्, उसको उचित मुल्याङ्कन हुन नसकेको, मधेसलाई आधारभूमि बनाएर गठन भएको पार्टीले मधेसको मुद्धा छाँडिदै पार्टीलाई सत्तामुखी बनाएको लगायतका आरोप उनले उच्छदार माथि लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्