Logo

चीनमा चौबिस घण्टामा दुई भूकम्प



काठमाडौं, २५ साउन। चीनमा चौबिस घण्टाभित्र दोश्रो भूकम्प गएको छ। पछिल्लो भूकम्प ६।३ म्याग्नीच्यूडको रहेको र सीनजियाङ प्रान्तमा कजकस्तानसँगको सीमा नजिकै केन्द्रविन्दु रहेको बताइएको छ। भूकम्पले पुर्याएको क्षतिको खबर प्राप्त भएको छैन।

त्यस अघि दुर्गम हिमाली भेगमा ७ म्याग्नीच्यूडको भूकम्प जाँदा कैयौं मारिएका र घाइते भएका छन्। अमेरिकी जियोलोजिकल सर्भेका अनुसार छिरलिएको जनसंख्या रहेको चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा गएको भूकम्पको केन्द्रविन्दु लोकप्रिय पर्यटकीय केन्द्र नजिकै रहेको छ।

चीनको प्रकोप व्यवस्थापन सम्बन्धी निकायलाई उदृत गर्दै एफएपपी समाचार संस्थाले लेखेको छ( १०० जना जति मारिएका हुन सक्छन् र १,३०,००० घरमा क्षति पुगेको छ।

चिनियाँ सञ्चार माध्यमले मारिनेमा पर्यटक पनि परेको जनाएका छन्। सिचुवान प्रान्त भूकम्पीय जोखिमयुक्त क्षेत्र हो। यहाँ सन २००८ मा आएको भूकम्पमा ७० हजार मारिएका थिए। तस्बिरहरुमा एउटा होटेल लगायत भवनहरुमा पुगेको क्षति देखिएको छ।

चेङ्दु

यहाँ चीनको एउटा प्रख्यात प्रकृति संरक्षण क्षेत्र र एउटा युनेस्को विश्व सम्पदा क्षेत्रपनि पर्छ। मृतकको संख्या बढ्न सक्ने बताइएको छ।
राष्ट्रपति सी जिनपिङले उद्दार कार्य प्रभावकारी बनाउन र घाइतेहरुको उद्दारका लागि हर प्रयत्न गर्न आह्वान गरेका छन्। भूकम्पको धक्का ७०० किलोमीटर टाढाको सियान र चेङ्दुमा पनि महसुस गरिएको बताइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot