Logo

एसएसपी खनाल तपाईप्रतिको जनताको अपेक्षा यस्तै हो ?



sarbendra khanal

काठमाडौं, २५ साउन । काठमाडौंका डनहरुलाई ठेगान लगाएर चर्चामा आएका एसएसपी सर्वेन्द्र खनालप्रति जनताको धेरै ठूलो अपेक्षा र भरोसा राखेका थिए । त्यसकै प्रभाव हुनु पर्छ, उनले साह्रै बिग्रिएको काठमाडौको ट्राफिक ब्यवस्थापनको जिम्मेवारी पाए ।
जनताको ठूलो अपेक्षाको विचमा महानगरीय ट्राफिकको नेतृत्व सम्हालेका एसएसपी खनालको प्रारम्भिक कार्यशैलीप्रति भने जनताले चित्त बुझाएका छैनन् । यद्यपि उनले केही गर्लान है भन्ने आशा भने अझै मारिसकेका छैनन ।
बुधवार काठमाडौको ट्राफिकको दुरावस्था देखेर सर्वसाधारणहरुले उनीप्रति निराश ब्यक्त गरेका छन । बुधवार ललितपुरदेखि काठमाडौको महाराजगञ्जसम्म अन्तहिन जस्तो देखिने जाममा फसेर गन्तब्यमा पुग्न नसकिरहेका यात्रुहरुले आफ्नो दुःख पोख्दै ‘ जो आएपनि उस्तै रहेछ’ भनि निराशा पोखे
थापाथलीको जाममा भेटिएका निराजन श्रेष्ठ कार्यालय भ्याउन आफ्नै सवारी साधन लिएर महाराजगञ्ज हिडेको दुई घण्टा बढी जाममा परेपछि कार्यालय नभ्याएकोमा निराश थिए । उनले भने–जुन जोगी आएपनि कानै चिरेको जस्तो भयो ।’
जाममा फसेर आजको दिनचर्या नै फेर्ने मनस्थितिमा पुगेका कुपण्डोलका चिरीमान महर्जनले खनाल एसएसपी सा’प आएपछि राम्रो हुन्छ भन्ने अपेक्षा लिएकोमा उनी पनि पुरानै शैलीमा हिडेका हुन कि भन्ने आशंका ब्यक्त गर्दै ‘ खोई त खनाल सर यस्तै हो तपाईको क्षमताको सदुपयोग ? भनि प्रश्न गरे ।
उनीहरुजस्तै हजारौ यात्रुहरुको मनमा यस्तै प्रश्न र जिज्ञासाहरु लुकेको हुनु पर्छ । काठमाडौको ट्राफिक जाम देखेर ।



प्रतिक्रिया दिनुहोस्