Logo

चुडामणिको मुद्दामाथि शुक्रबार निर्णय सुनाइने



काठमाडौं २६ साउन । सर्वोच्च अदालतले चुडामणि शर्माको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि  शुक्रबार निर्णय सुनाउने भएको छ । बुधबार दुवै पक्षको बहस सम्पन्न भएपछि ५ सदस्यीय पूर्ण इजलासले शुक्रबारको लागि निर्णय सुनाउने(निसु) मिति तोकेको हो ।

बुधबार सरकारी वकिलहरुको बहसपछि चुडामणिको पक्षबाट कानूनी व्यवसायीहरुले जवाफी बहस गरेका थिए । चुडामणिको बन्दी प्रत्यक्षीकरण मुद्दा दुई सदस्यीय संयुक्त इजलासबाट ५ सदस्यीय पूर्ण इजलासमा पुगेको हो । जसमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशी सहित दिपकुमार कार्की, केदार चालिसे, शारदाप्रसाद घिमिरे, अनिल सिन्हा सदस्य रहेको इजलास गठन भएको छ ।



प्रतिक्रिया दिनुहोस्