Logo

भोजपुर नपाको बजेट रु ४० करोड दस लाख



भोजपुर, २६ साउन । सडक स्तरोन्नतिलाई पहिलो प्राथमिकता दिँदै भोजपुर नगरपालिकाको प्रथम नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको पूर्वाधार निर्माणअन्तर्गत सडक स्तरोन्नति र वातावरणमैत्री विकासका लागि गुरुयोजनालगायतका विषयमा बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बुधबार प्रथम नगरसभा सम्पन्न भएको हो ।

त्यस्तै, सन् २०१७ सम्म जिल्लालाई नै खुल्ला दिसामुक्त जिल्ला बनाउने योजना नगरसभाले अघि सारेको नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले जानकारी दिनुभयो ।

नगरपालिकालाई यस आर्थिक वर्ष २०७४÷७५ का लागि कुल रु ४० करोड १० लाख १८ हजार बजेट प्राप्त भएको छ । भोजपुर जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकामध्ये नगरसभा गर्र्ने नगरपालिका यो पहिलो बनेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot