Logo

भारतीय विदेशमन्त्री काठमाडौंमा, आजै भेटवार्ता गर्ने



काठमाडौ, २६ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक)को भोली हुने १५ औं मन्त्रीस्तरीय बैठकमा सहभागि हुन भारतीय विदेशमन्त्री शुष्मा स्वराज आज काठमाडौ आईपुगेकी छिन ।
विशेष विमानबाट काठमाडौ आएकी विदेशमन्त्री स्वराजले आजै नेपालका परराष्ट्रमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसहित शिर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौ आएकी स्वराजले प्रधानमन्त्रीसहित नेपाली नेताहरुसँग चीनसँग जारी डोक्लाम विवादको विषयमा नेपालको स्टाण्डको विषयमा विशेष रुपमा कुराकानी हुने बताईएको छ ।
भारत–चीन विवादमा नेपालको आधिकारिक धारणा के हो ? भन्ने विषयमा उनले नेपालको धारणा बुझ्ने छिन । चीनसँगको विवादमा चीनको पक्षमा नेपाल नलागोस भन्ने भारत चाहन्छ । नेपाल तटस्थ रहने हो भने त्यसको आधारको विषयमा समेत उनले छलफल गर्ने स्रोतले जनाएको छ । विवादकै विच चिनिया उपप्रधानमन्त्रीले आगामि साउन ३० गते नेपालको भ्रमण गर्न लागेकोले त्यसअघि नै विवादको विषयमा उनले नेपाली नेताहरुसँग छलफल गर्न लागेकी हुन ।



प्रतिक्रिया दिनुहोस्