Logo

माओवादीसँग मिलेर काँग्रेस कम्जोर भयोः डा.संग्रौला



रोल्पा, २७ साउन । नेपाली काँग्रेसकी केनिद्रय सदस्य डा. डिला संग्रौलाले स्थानिय तहको दोश्रो चरणको निर्वाचानमा पार्टीत्रिको अन्तरघातले पार्टीले सोचे जस्तो परिणाम आउन नसकेको बताएकी छन् ।

रोल्पाको लिवाङ्गमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ संग्रौलाले पार्टी निर्वाचनको वेलामा टिकट वितरण गर्दा नातावाद र चाकडि गर्नेहरुलाइ टिकट दिंदा स्थानियहरु निरास भएर काँग्रेसले सोचे जस्तो परिणाम नआएको उनको आरोप छ ।

उनले काँग्रेसमा नातावाद र कृपावादको जहिलेसम्म अन्त्य र कार्यकर्ताको उचित मुल्यांकन हुँदैन तवसम्म काँग्रेसको सोचे अनुसारको परिणाम ल्याउन सक्दैन भन्दै उनले स्थानिय निकायको निर्वाचनमा पछाडि पर्नुको कारण पार्टि भित्रको अन्तरघात र आन्तरीक व्यवस्थापन समयमा हुन नसक्दा काँग्रेस दोस्रो पार्टी हुन पुगेको बताइन ।

उनले राष्ट्रिय राजनीतीमा काँग्रेस र माओवादी केन्द्रबीचको सत्ता गठबन्धनले गर्दा पार्टीलाई केही क्षती पुगेको बताइन । स्थानिय तहको चुनावमा काँग्रेस हावि भएको क्षेत्रमा माओवादीलाई स्थान छोडिए पनि रोल्पामा माओवादीसंग एकता हुन नसक्नु दुःखद भएको बताएकी छन ।

उनले विभिन्न खाले नारा लिएर माओवादीले १० वर्षे युद्ध र एमालेको झापा विद्रोह गरेता पनि अन्तत ती पार्टीहरु नेपाली काँग्रेसको विपिको विचारलाई आत्मसाथ गरेर लोकतान्त्रिक परिपाटिमा ल्याउने काम काँग्रेसले गरेको ठोकुवा गरीन् ।

अव हुने २ नम्वर प्रदेश र केन्द्र एवं प्रादेशिक निर्वाचनमा काँग्रेस १ नम्वरमा पार्टी हुने दावी गरिन् । उनले तराइ, पहाड र हिमाललाई एक गरि लैजान नेपाली काग्रेस पार्टीको विकल्प नरहेको बताइन ।

पत्रकारसंग कुरागर्दै नेपाल महिला संघका पूव केन्द्रीय सदस्य नेतृ निर्मला क्षेत्रीले संविधानमा महिला अधिकार प्रष्ट भएता पनि व्यवहारमा पूर्णतया लागू हुन नसकेको बताएकी छन् ।

उनल अघि थपिन,‘स्थानिय तहको निर्वाचानमा प्रमुख तथा उप–प्रमुखको पदमा महिला हुनपर्छ, अनिवार्य संविधानमा व्यवस्था गरिएता पनि यसलाई दलहरुले पूर्णरुपमा कार्यान्वयन गरेका छैनन्, महिला अधिकारको सुनिश्चितताको लागि महिलाहरुनै एकजुट हुनुपर्छ।’

 



प्रतिक्रिया दिनुहोस्