Logo

यो युग काम गर्ने युग हो, भाषण गर्ने होईनः मन्त्री शाही



काठमाडौं, २७ साउन । उर्जामन्त्री महेन्द्र बहादुर शाहीले यूवाहरु मुलुक निमार्णका लागि गम्भिर बन्नुपर्ने बताएका छन् । यूवा गैर सरकारी संस्था महाँसंघ नेपालले राजधानीको पर्यटन बोर्डमा आयोजना गरेको यूवा सम्मेलन २०७४ को सम्बोधन गर्दै मन्त्री शाहीले यस्तो बताएका हुन।

यूवाहरुले अरुलाई दोष दिएर मात्रै मुलुक निमार्ण नहुने बताउँदै मन्त्री शाहीले भने,‘यूवाहरु विहानीका घाम हुन, बृद्धाहरु अस्ताउन लागेका घाम हुन, यूवाको काँधमा मुलुकको ठुलो भूमिका छ, यो यूग भनेको कामगर्ने यूग हो, भाषण गर्ने यूग होईन,साच्चै काम गर्ने हो भने भाषण गर्ने समय हुनेछैन्, भाषण सुन्ने फुर्सद पनि हुने छैन्।’

मन्त्री शाहीले अघि थपे,‘म उर्जा मन्त्री भएको नाता यस क्षेत्रमा धेरै काम गर्नुपर्नेछ, म प्रयास गरिरहेको छु, हाम्रो खोलामा पानी बगेको छ, खेतबारी बाँझो छ, खोलामा पानी बगेको छ खाने पानी छैन्, खोलामा पानी बगेको छ हामी अँध्यारोमा बस्न बाध्य छौँ, त्यसैले  भाषणगर्नु भन्दा पनि कामगर्न तर्फ लागौ यसैमा सबको भलो हुनेछ।’

 

त्यसै गरि पत्रकार ऋषि धमलाले यूवाहरुले राज्य सञ्चालनको हकमा सहभागिताको माग गरेर मात्रै नहुने बताएका छन् । उनले भने, ‘स्व.पूर्वप्रधानमन्त्री गिरिजाप्रासद कोईराला पाको उमेरमा पनि जोशिलो हुनुहुन्थ्यो, आज हामीले सहभागिताको लागि कुरा गरिरहेका छौँ, कर्तव्यवान र नैतिकवान हुन सकेका छैनौ, यूवाहरु सक्रिय हुनुपर्छ, गुनासो गरेर मात्रै हुँदैन।’

उनले अघि थपे,‘राजनीतिमा यूवाको सहभागिता नभएको कहाँ होर, हाम्रा यूवा नेतासँग भिजन छैन्, अबका यूवाले बलियो भरपर्दो, शसक्त तरिकाले आफुलाई उभ्याउन सक्नुपर्छ।’

कार्यक्रममा पूर्व सार्कका महासचिव अर्जुन बहादुर थापाले यूवाहरु दुरपयोग भईरहेको दावि गरे । उनले भने,‘हाम्रो देशका यूवाहरु विभिन्न काममा दुरपयोग भईरहेका छन्, यूवाले आफुलाई चिन्नु पर्छ, अहिले पछिल्लो समयमा भारत र चिन बीचमा पानी बाराबारको स्थिति छ, यस्तो स्थितिमा हाम्रा यूवाहरु मर्ने हुनकी भन्ने मेरो चिन्ता छ।’

यूवा गैर सरकारी संस्था महासंघ काठमाडौका सचिव धनराज वास्तविकले यूवा पलायनबाट मुलुक आक्रान्त बनेको बताएका छन् । उनले भने,‘आज बिश्व विद्यालयका आगनीमा विद्यार्थी छैनन्, बजारका गल्मिाहरुमा भाषा केन्द्र, कन्सल्टेन्सि खोजिरहेका छन्, अब यूवाहरुले डिग्री पढेका मार्कसिट हातमा समाएर परराष्ट्रमा राहधानी बनाउन जाने होईन जागिर चाहियो भनेर सिँहदरवार जानुपर्छ, हामी कतव्र्यवान बनेनौ, हामीसँग राज्यको निकायमा पुग्नको लागि सहि भिजन भएन, हामीले अरुलाई दोष दिएर हुँदैन।’

त्यस्तै यूवा परिषदका अध्यक्ष सरोज बानिया, संस्थाका पूर्वा अध्यक्ष शंकर श्रेष्ठ, लगायतले यूवाको वर्तमान स्थिति र भविष्यका बारेमा आफ्ना कुरा राखेका थिए।

त्यस्तै महासंघकी उपाध्याक्ष भावना शाहीले स्वागत मन्तव्य राखेकी थिन् । भने महासचिव सन्दीप राईले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम संस्थाका केन्द्रिय अध्यक्ष नारायण गिरीको सभापतित्वमा सम्पन्न भएको थियो ।

तस्बिर–मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्