Logo

कांग्रेस–माओवादी गठबन्धनबाट किन भयो भारत खुसी



काठमाडौं, २८ साउन । भारतीय विदेशमन्त्री सुषमा स्वराजले कांग्रेस–माओवादी केन्द्र सत्ता समीकरणको प्रशंसा गरेकी छन्। भारतको ७० औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई देखाउँदै भनिन्, ‘देउवाजी र प्रचण्डजीबीच विश्वासको वातावरण देखियो।

प्रचण्डजीले विभिन्न बाधा अवरोधबीच देउवाका लागि पहिले वाचा गरेअनुसार सत्ता छोड्नुभयो।’ यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

स्वराजले उत्साहित हुँदै थपिन्, ‘त्यसकारण अहिले देउवाजी सत्तामा हुनुहुन्छ। उहाँहरुबीच लोकतान्त्रिक पद्धतिमा भएको सहकार्यको म प्रशंसा गर्छु। यो नेपालका लागि एकखाले नयाँ अध्याय हो।’

स्वराजले यसो भनिरहँदा देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुस्कुराइरहेका थिए। स्वराजले भारतले नेपालको शान्ति, विकास र स्थिरता चाहेको बताइन्। ‘मोदीले सबका साथ सबका विकास भनेर भारतमा मात्र होइन छिमेकमा पनि त्यही कुरा लागु होस् भन्ने चाहनुभएको हो’,उनले भनिन्।

कार्यक्रममा प्रधानमन्त्री देउवाले भारतसँग नेपालको सम्बन्ध विशेष खालको रहेको बताए। उनले भने, ‘हाम्रो यो विशेष सम्बन्ध गहिरिँदै गएको छ।’ उनले सबै पक्षको सहभागितामा संविधान कार्यान्वयन अघि बढाउन प्रतिबद्ध रहेको सन्देश स्वराजलाई दिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot