Logo

स्वराजले एमाले अध्यक्ष ओलीलाई नभेट्नुको कारण यस्तो छ



काठमाडौं, २८ साउन । भारतीय विदेशमन्त्री सुष्मा स्वराज प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नभेटी स्वदेश फर्किएकी छन्। बिमस्टेकको १५ औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन काठमाडौं आएकी स्वराजले सत्तारुढ दलका शीर्ष नेता र मधेसकेन्द्रित दलका नेताहरुसँग भेटवार्ता गरेर फिरेकी हुन्।

कुटनीतिक भ्रमणमा राजनीतिक भेटघाट हुँदा प्रमुख प्रतिपक्ष दलको नेता प्रायः छुट्दैनन्। अध्यक्ष ओलीले शुक्रबार पोखरामा कार्यक्रम रहेकाले आफू व्यस्त रहेको सन्देश दिएपछि भेटवार्ता नभएको कुटनीतिक स्रोतले बताएको छ।

कार्यकारी प्रमुख र प्रमुख प्रतिपक्ष दलका नेतासँग भेटवार्तापछि मात्र सम्बन्धको यथार्थ र गहिराइमा पुग्ने हुनाले त्यो खालको भेट हुने परम्परा हुन्छ। तर, स्वराजले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग पनि दुई पक्षीय छलफल गरिनन्। उनी महराकै निमन्त्रणामा नेपाल आएकी हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot