Logo

निस्कियो हावाबाट विजुली, एमाले अध्यक्ष ओलीले गरे उद्घाटन



काठमाडौं, २९ साउन । पुर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले शनिवार जोमसोममा हावाबाट उत्पादन भएको विजुली प्रविधिको उद्घाटन गरेका छन् ।

मूस्ताङ प्रहरी कार्यालय परिसरमा हावाबाट विजुली बाल्न प्रयोग भएको मेसिनको मेन स्विच अन गरेर उनले उद्घाटन गरेका हुन् । उद्घाटनपछि उनले आफ्नो भनाईलार्य हावामा उडाउने हरुले मूस्ताङमा आएर हावाबाट चम्किलो उज्यालो दिएको बिजुली हेर्न अनुरोध गरे ।

मेरो प्रधानमन्त्रीकालमा मैले नसक्ने कुरा कहिल्यै गरिनँ अबुझहरुले बुझेनन् बुझ्नेहरुले बुझ पचाइदिए , उनले भने हावाबाट बल्यो त बिजुली । यो सम्भव बिषय थियो र मैले बोलेका थिएँ ।, यो खबर आजको कान्तिपुरमा छ ।



प्रतिक्रिया दिनुहोस्