Logo

तराईमा २०४० साल यताकै भारिवर्षा, ज्यान गुमाउनेको संख्या बढ्दै



काठमाडौ, २९ साउन । देशभर वर्षातको कारण ३५ जनाको ज्यान गएको छ ।  सुनसरीमा सबै भन्दा बढि जनधनको क्षेति भएको छ । सुनसरीमा ७ जनाको ज्यान गएको छ । सुनसरी लगायत अन्य जिल्लामा उल्का वर्षात र डुवानका कारण जनजीवन कठिन बन्दै गईरहेको छ ।

पत्रकार शसी कोईरालाका अनुसार सुनसरीमा समान कोर्णबाट पानी परेको र निकास हुने ठाउँ नभएको कारण यस्तो वेजोक खप्नु परेको छ ।  पत्रकार कोईराला भन्छन्,‘२०४० साल पछिको सबै भन्दा ठुलो वर्षा हो, म त्यति बेला सानै थिए, मलाई बाआमाले काखमा बाकेर अग्लो स्थानमा लिनुभएको थियो ।

त्यस यता यस्तो भारी वर्षा परेको थिएन, तराईमा बाढिको कारण जनजीवन अस्तव्यस्त रोडमा पानी बगेको छ, बकाटो देखिदैन, हेलिकप्टर बाट उद्धार सम्भव छ, अन्यथा यहाँ धेरै क्षेति हुने मैले देखेको छु, ईनरुवा बाँकी छ।’

कोसि ब्यारेजको बारेमा पत्रकार कोईराला फरक मत राखेका छन् । उनि भन्छन्,‘हामीले सुनिरहेको हल्ला हो, सबै ढोका खोल्दा हाम्रो नेपालको धेरै भाग सखाप ह्न्छ, यसको मतलभ यो होईन कि खोल्नु हुँदैन भन्ने होइन, केही ढोका तत्तकाल खोल्नुपर्छ पुरै खोल्नुपर्छ भन्नेमा म सहमत छैन्, बरु जति सक्दो डुवानमा परेका मानिसको उद्धारको लागि पलह हुनुपर्यो, पहाडमा गएको भुकम्प र तराईको डुवानले उत्तिकै मानिविय क्षेति गराउने सम्भावना बढ्दै गएको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot