Logo

मर्ने कसैलाई रहर हुँदैन… मन दुखाउने ४ तस्बिर



काठमाडौँ, २९ साउन । मर्ने कसैलाई रहर हुँदैन…यो पङ्ती गिरकार कृष्णहरी बरालको हो । यति बेला तराई जलमग्न छ । गितकार बराल यूरोपमा छन् । उनि देश डुबेको खबरले मर्माहत नहोलान भन्न सकिदैन ।

देशभर बाढि र पहिरोमा परि ज्यान गुमाउनेको संख्या करिब ४० पुगि सक्यो । यता गृहमन्त्रालयले भने यकिन तथ्याङक दिन सकेको छैन । मानवले मानवलाई दुखपर्दा बचाउनु र साथ दिनु कुनै नौलो कुरा होईन । यसबाढिले यस्ता विरहलाग्दा स्थिति सिर्जना गरिदियो जुन तस्बिर एकाएक भाईरल बनेका छन् ।

पानीमाथि तैरिएको चप्पलमा एक जोर कुखुराका चल्ला मृत्य कुरि रहेका छन् । अर्को तर्फ आफु बाँच्ने र अरुलाई बचाउने मात्रै नभएर गाई, बाख्रालाई खामा च्यापेर जलमग्न पानि हिड्दैछन् ।

वार्षाले वितण्डा मच्चाईरहेको स्थितिमा आफु बाँचौ र अरुलाई पनि बचाँउ भन्दै डुवान क्षेत्रमा सुरक्षा कर्मी तैनाथ भएका छन् । प्रकृतिको सामु कसको के लाग्छ र ? सुरक्षा कर्मी सरकारले चाहेर पनि जनताको उद्धारगर्न सकिरहेको छैन् । अर्को कुरा निर्वाचनको बेलामा आचारसहिता नाघेर आकासमा उड्ने हेलिकप्टर विपतका बेला किन उडेनन् भनेर सर्वत्र बिरोध आउन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्