Logo

पश्चिमका यी स्थानमा आज पनि भारी बर्षा हुने



काठमाडौँ, ३० साउन । गत सातादेखि निरन्तर सक्रिय बनेको मनसुन मुलुकको पूर्वी भेगमा केही कमजोर बन्दै गए पनि मध्य भेग र पश्चीमी क्षेत्रमा मनसुनको प्रभाव फैलिएको छ ।

मध्य क्षेत्र र पश्चिमका तराई लगायत धेरै स्थानमा निरन्तर बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

महमशाखाका अनुसार:
-केही स्थानमा भारी बर्षाको सम्भावना छ ।
-चितवन, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र आसपासका जिल्लामा भारी बर्षाको सम्भावना छ ।
-आज (सोमबार) दिउँसोदेखि भने मनसुन क्रमश कमजोर हुँदै जानेछ ।



प्रतिक्रिया दिनुहोस्