Logo

राहत तथा उद्धारमा संवेदनशिल हुन सरकारलाई पूर्वराजा शाहको आग्रह



काठमाडौं, ३० साउन । बाढि पीडितको तत्काल उद्धार तथा पीडितलाई राह प्रदान गर्न सबैलाई आग्रह गरेका छन् । पूर्वराजा शाहले आइतबार विज्ञप्ति जारी गरेर बाढीमा परेकाहरूलाई छिटोभन्दा छिटो उद्धार गरेर राहत वितरण गर्न अनुरोध गरेका हुन ।

शाहद्धारा विज्ञप्तिमा भनिएको छ,‘अविरल वर्षाले देशको तराई लगायत विभिन्न भू–भागमा आएको बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपले ठूलो धनजनको क्षति पुर्याएकोमा गम्भीर चिन्ता एवम् दुःख व्यक्त गर्दछु।’

विपतमा परेका नागरिकको तत्काल उद्धार गर्नको लागि आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ,‘विपत्तीको यस घडीमा उक्त क्षेत्रका जनतालाई राहत एवम् उद्धार उपलव्ध गराउँदै प्रकोप नियन्त्रणका लागि सम्वन्धित पक्षले तदारुकता देखाउनु पर्छ ।’



प्रतिक्रिया दिनुहोस्