Logo

एक व्यक्तिको सव फेला



सिकेन्द्र पासवानः बारा, साउन ३० गते । बाढीबाट बेपत्ता भएको ब्यक्तिको शव फेला परेको छ । बिगत तीन दिन अगाडी बाढीबाट बेपत्ता भएका पचरौता गाउपालिका–८ बलधुसवा टोल स्थित रामजानकी वृद्ध आश्रममा बस्दै आएका ७० बर्षिया ब्रह्मदेव महतोको शव ५ सय मिटर दक्षिण खोलामा सोमबार दिउसो २ बजे फेला परेको प्रहरी नायब उपरीक्षक दिलिप धिमिरेले बताउनु भयो ।

यो भन्दा अगाडी बारामा बाढीबाट दुई जनाको मृत्यु भैइ सकेको छ । मृत्यु हुनेहरुमा सिम्रौनगढ नगरपालिका ८ कचोर्वा टोल निवासी ३५ बर्षिया गहनिदेवी पासवान र महागढीमाइ नगरपालिका वडा १ निवासी १२ बर्षिया महफुज आलमको मृत्यु भैइ सकेको प्रहरी नायब उपरीक्षक धिमिरेले बताउनु भयो ।



प्रतिक्रिया दिनुहोस्