Logo

अस्थायि शिक्षकमाथी लाठि प्रहार, घाईतेहरु अस्पतालमा



काठमाडौं, ३० साउन । भद्रकालीमा आमरण अनसन बसिरहेका अस्थायी शिक्षक माथि प्रशरीले दमन गरेको छ । निशेधित क्षेत्र घोषणा गरिएको स्थानमा किन अनसनमा बसेको भन्दै प्रहरील अस्थायी शिक्षक माथि लाठी चार्ज गरेको हो । अनसनको लागि शान्तिबाटिकालाई छुट्याईएको भन्दै प्रहरीले भद्रकालीबाट अस्थायी शिक्षकलाई हटाउन खोज्दा दोहोरो झडप भएको थियो ।

अस्थायी शिक्षकलाई तत्काल स्थायी गर्नुपर्ने, परिक्षामा अनुतिर्ण भएका अस्थायी शिक्षकलाई गोल्डन चेक सहित बिदा गर्नुपर्ने जस्ता मागहरु राखेर विगत १३ दिन देखि अस्थायी शिक्षकहरु अनसनमा बसिरहेका छन् ।

प्रहरी दमनमा एक दर्जन बढि अस्थायी शिक्षक घाईते भएका छन् । एभरेष्ट अस्पतालमा घाईतेको उपचार भईरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्