Logo

प्रधानमन्त्रीलाई मन्त्रीले निकम्मा भने पछि……..



काठमाडौं, ३१ साउन । शहरी विकासमन्त्री प्रभु साहले सरकारले ‘एक मुठी’ राहत तराईका जिल्लाहरूमा लगेर बितरण गर्न नसकेकोले प्रधानमन्त्री शेरबहादुर देउवा निकम्मा भएको बताएका छन् । अहिले सम्म मधेसको आठ ओटा जिल्लामा न उद्धार भएको छ, न राहात पाएका छन् जनता भोक भोकै बसेका छन् । प्रधानमन्त्री देउवा र गृह मन्त्री जनार्दन शर्मा ति जिल्लाहरुमा न पुगेको उनले आक्रोश पोखे

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री साहले वर्तमान सरकार निकम्मा रहेको बताउनुभयो । ‘यो सरकार निकम्मा भयो’, उहाँले भन्नुभयो, ‘अहिलेसम राहत ‘एक मुठी पनि तराईमा वितरण गरेको छैन ।’
राज्य सताको निति नै मधेस विरोधी छ यसैले चार पाँच दिन हुदाँ पनि तराईका जनताले राहात पाएका छैनन् ।मन्त्री साहले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि तराईको बाढी पीडितका लागि खासै निर्णय गर्न नसकेको आरोप लगाउनुभयो ।

 



प्रतिक्रिया दिनुहोस्