Logo

काग्रेस नेता निधि अस्पताल भर्ना



काठमाडौँ, ३१ साउन । नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि अस्पताल भर्ना हुनुभएको छ । सोमबार राति अचानक पेट दुखेपछि निधिलाई चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो ।

नेता निधिलाई ग्यासट्राइटिस शिभियरको समस्या देखिएको उपचारमा संलग्न डाक्टर राहुल पाठकले जानकारी दिनुभयो । नेता निधिको भोलि बुधबार बिहान इन्डोस्कोपी गरिने भएको छ । डाक्टर पाठकका अनुसार नेता निधिले केही दिन आराम गर्नुपर्ने हुन्छ । रासस



प्रतिक्रिया दिनुहोस्