Logo

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक



काठमाडौ, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख तीन दलसहित ब्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सम्पूर्ण दलहरुको बैठक बोलाएका छन ।
आफ्नो आसन्न भारत भ्रमणसहित हालै आएको बाढी पहिरोले उत्पन्न समस्या समाधानको विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन । त्यसैगरी बैठकमा आगामि पदेश संघीय निर्वाचनको मिति तोक्ने विषयमा पनि सहमतिको प्रयास हुने बताईएको छ ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्रीले पहिला प्रमुख तीन दलका शिर्ष नेताहरुसँग तीन बजे छलफल गरिसकेपछि पाँच बजेको लागि सर्वदलीय बैठक बोलाएका हुन ।
बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बस्ने छ ।



प्रतिक्रिया दिनुहोस्