Logo

संविधान संशोधन प्रस्ताव आजबाट अघि बढ्ने



काठमाडौँ । लामो समयदेखि अडकिएर रहेको संविधान संसोधन विद्येयक आजबाट अघि बढ्ने भएको छ । व्यवस्थापिका संसदको आजको कार्यसूचीमासंविधान संशोधन विधेयकमा छलफल गर्ने, संशोधन निर्णयार्थ प्रस्तुत गर्ने र पारित गरियोस् भनी प्रस्ताव राख्ने उल्लेख छ ।

कार्यसूचीको छैटौँ बूँदामा कानुन न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७३ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ।

त्यसैगरी सातौँ बुँदामा सो विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ।

संविधान संशोधन विधेयकमा ५० वटा संशोधन प्रस्ताव छन्। संशोधनमा दफावार छलफल भएको छैन। त्यसैले आज पारितको प्रक्रिया सुरु नभए पनि दफावार छलफल हुन सक्ने सम्भावना छ।

कार्यसूचीको आठौँ बुँदामा भने मन्त्री थापाले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७४ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ।

संविधान संशोधनको विषयमा नै छलफल गर्न आज साँझ ४ बजे तीन दलको बैठक पनि डाकिएको छ।



प्रतिक्रिया दिनुहोस्