Logo

निर्वाचनको मिति तोक्ने तयारी



काठमाडौ, ३२ साउन । सरकारले आजै पदेश र संघीय निर्वाचनको मिति तय गर्ने गरी तयारी गरेको छ ।
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले निर्वाचन आयोगले आजसम्म मिति तोक्ने समय दिएकोले सोही अनुसार सहमति जुटाउन छलफल थालिएको बताए ।
उनले त्यसको लागि आज पहिलो चरणमा प्रमुख तीन दलका शिर्ष नेताहरुविच छलफल हुने त्यसपछि सर्वदलीय छलफल हुने छ । सहमति जुटे आजै मन्त्रीपरिषदको बैठक बसेर निर्वाचनको मिति तोकिने सम्भावना औल्याए ।
सरकारले मंसिरको पहिलो देखि दोसे साताभित्रमा निर्वाचन गर्ने गरी प्रस्ताव तयार पारेको छ ।



प्रतिक्रिया दिनुहोस्