Logo

राजधानीमा भदौ २ र ३ गते विज्ञान र वैज्ञानिक सम्मेलन हुने



काठमाडौं, ३२ साउन । राजधानीको कमलादि स्थित प्रज्ञाभवनमा भदौ २ र ३ गते पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन हुने भएको छ ।
रिपोर्टर्स क्लब नेपालमा सर चैतन्य सरवात ईनिस्टिच्युटले पत्रकार सम्मेलन गरेर सम्मेलनका बारेमा जानकारी दिएको हो ।

कार्यक्रममा नेपाल विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.जिवराज पोखरेलले यस्तो प्रकारकारका गोष्टि नेपालमा प्राय कम हुने बताएका छन्।
त्यस्तै ईतिहासविद् डा.निदेशराज पन्तले यस्ता प्रकारका गोष्ठीले पूर्व पश्चिमलाई जोड्नमा मद्दत पुर्याउने दावि गरेका छन् ।

उनले भने,‘हाम्रो नेपालका मात्रै नभएर विश्वका विकसित र शक्तिशाली देशका वैज्ञानिकहरुले पनि खोज र अनुसन्धानमा खटिदै गर्दा त्यसको पछाडि पनि अन्य कारण भएको स्विकार गरेका छन्, सत्यले मानिसलाई के दियो, आँखाले देखेका कुरालाई मात्र सत्य मान्ने हो भने अन्य कुराको हैसियत के रहन्छ,? यस्तो बेलामा हामीले गहिरो अनुसन्धान र खोज गर्नुपर्छ।’

उनले अघि थपे,‘भदौ २ गते ५६ वटा कार्यपत्र प्रस्तुत हुनेछन्, यससाग सम्बन्धित मात्रै नभएर जिज्ञासु जो कोहीले आउन सक्नु हुन्छ।’ प्रा.रजनी मल्लले मानव जीवन सातवटा चक्रले बनेको र वैज्ञानिक अनुसान्धानका छाडि कुनै शक्ति लुकेको दावि गरिकी छन् ।

डा.भक्ति निस्काम सन्तले गोष्ठिमा उपस्थित भएर मानवको नयाँ खोज र त्यसले मानव जीवनलाई दिन खोजेको आकारका बारेमा जान्नको लागि अनुरोध गरेका छन्।

त्यस्तै कार्यक्रमा श्री चैतन्य सारस्वत सभा नेपालका अध्यक्ष राम मणी नेपालले विज्ञानले प्रतिपादन गरेका अनेकौ सिद्धान्तका पछाडि दर्शनको हात रहेको दावि गरेका छन् ।

नेपालले भने,‘यो विशुद्ध विज्ञानको कार्यक्रम हो, फिजिक्सका मानिसले यो कार्यक्रममा आउदा फाईदा हुन्छ, सबैका लागि मत्वपूर्ण भएता पनि अलि बुझ्न सक्नेलाई झनै फाईदा हुन्छ, भौतिक विषयलाई मात्रै मान्यता दिएको अवस्थामा चेतनाको विज्ञानलाई फिजिक्सले टाढा बनायो, आधुनिक विज्ञानको पहुँचभन्दा, सोचभन्दा यो बाहिरको कुरा हो।’

उनले अघि थपे,‘यस विषय सम्बन्धि रुचि भएका र सबैखाले जिज्ञासुहरुका लागि यो गोष्टिमा आउदा राम्रो हुन्छ, अर्को कुरा बाहिरीका कुरा मात्रै नभएर यसले आत्मा, चेनता, संवेदना, भावना, मन बुद्धि जस्ता कुराहरु आधुनिक विज्ञानबाट यि कुराहरु टाढा रहेका छन् आज व्यक्तिहरु आधुनिक रुपमा विकसित हुँदै गएपनि माथिका यि विषय भन्दा झन टाढा रहेको भान भईरहेको छ, त्यसको परिणाममा झन दुखि भएका छन, मानसिक तनावमा प्रताडित छन्, असन्तुष्टि,एक्लो, असन्तुलित जीवन जिउन पुगेका छन्।’

२ दिनसम्म चल्ने गोष्ठिमा अमेरिका,बेलायत, ईन्डोन यशिया, इजरायल, कोलम्बिया लगायतका देशका वैज्ञानिकहरुले कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जानकारी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्