Logo

आफ्नो भारत भ्रमणको विषयमा देउवाले सुरु गरे अनौपचारिक छलफल



काठमाडौ, २ भदौ । आफ्नो आसन्न भारत भ्रमणको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले आन्तरिक रुपमा अनौपचारिक छलफल थालेका छन ।

चीन र भारतविच दोक्लाम विवाद चर्किएको बेलामा मध्यवर्ती राष्ट्रको रुपमा रहेको नेपाललाई आफ्नो पक्षमा पार्न दुबै मुलुकले प्रयास गरिरहेको बेला नेपाल सामु दुबै छिमेकीसँगको सम्बन्ध समान राख्दै अघि बढ्नु पर्ने यथार्थकाविचमा देउवाले भारत नेपाल सम्बन्धको विषयलाई लिएर दल र विज्ञहरुसँग अनौपचारिक छलफल थालेका हुन ।

उनले दुई मुलुकको सम्बन्धसँगै भारतसँग विगतमा भएका सम्झौता कार्यान्वनको लागि नेपालले उठाउनु पर्ने विषय, भारतसँग सम्झौता भईसकेका जलविद्युत आयोजना अघि बढाउने, आगामि निर्वाचन र पूर्वाधार विकासको विषयमा आफ्नो तर्फबाट राख्नु पर्ने अडान र एजेण्डाका विषयमा अनौपचारिक सुझाव लिईरहेका हुन ।

आफ्नो भ्रमण अरु समय भन्दा फरक परिस्थितिका विच हुन लागेकोले देउवाले दल र विज्ञहरुसँग औपचारिक छलफल गर्नु अघि अनौपचारिक छलफल थालेका हुन ।

अनौपचारिक छलफलबाट आएका सुझावको आधारमा औपचारिक छलफल गरेर एजेण्डा तय गर्ने तयारी भईरहेको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्