Logo

झोलामा खोला राखेर निदाएका ४१ कम्पनीको लाइसेन्स खारेज गर्ने प्रक्रिया



 

काठमाडौं ५ भदौ । चार हजार दुई सय ३२ मेगावाट बराबरको विद्युतको लाइसेन्स लिएका ४१ आयोजना खारेज गर्ने प्रक्रिया सुरु भएको छ । लाइसेन्स लिएका तर उत्पादन अनुमतिपत्रको निवेदन दिए पनि आवश्यक प्रक्रिया पुरा नगरेका आयोजनाको लाइसेन्स खारेज हुने भएको हो ।

लाइसेन्स लिएको आयोजनाले उत्पादन अनुमतिपत्र प्राप्त गर्न वित्तीय व्यवस्था, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, विद्युत खरिद–बिक्रीको सम्झौता वा कनेक्सन एग्रिमेन्ट वा विद्युत खरिद–बिक्रीको सम्झौतालगायत पेस गर्नुपर्छ । तर, ती आयोजनाले त्यस्ता प्रक्रिया पुरा नगरेको विद्युत विकास विभागको भनाइ छ ।

विभागले ती कम्पनीलाई सूचना जारी गर्दै ३५ दिनभित्र सम्पूर्ण प्रक्रिया पुरा गरेर अगाडि बढाउन र त्यसो नगरे खारेज हुने स्पष्ट पारेको छ । –नयाँ पत्रिका दैनिकबाट



प्रतिक्रिया दिनुहोस्