Logo

संसदमा माधव नेपालको आक्रोस



काठमाडौ, ५ भदौ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कार्यशैलीलाई लिएर सोमबार ब्यवस्थापिका संसदको बैठकमा आक्रोस पोखेका छन ।
विशेष समय लिएर बोल्दै नेपालले बाढी पीडित जनताको राहत, उद्दार र पुर्नस्थापना लगायतका विषयमा सरकार उदासिन भएको आरोप लगाए ।

उनले तराईका जनता खानेकुराको अभाव र ओत लाग्ने ठाँउको अभावकोवीचमा कठिन अवस्थामा रहेको भन्दै सरकारले उनीहरुको लागि केही गर्न नसकेको बताए ।
नेता नेपालले आफ्नो गृहजिल्ला रौतहटमा धेरै नागरिकले ज्यान गुमाउनु परेपनि सरकारका कसैले पनि सामान्य जानकारी लिन चासो नदेखाएको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्