Logo

पत्रकार महासंघ निर्वाचनको मतदान सकियो, आजै मध्यरातसम्म नतिजा आउने



काठमाडौ, ५ भदौ । नेपाल पत्रकार महासंघको २५ औ महाधिवेशन अन्र्तगत नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचनको मतदान सकिएको छ ।

नयाँ नेतृत्व चयन गर्न महासंघका जिल्ला, एशोसिएट र प्रतिष्ठानका गरी १५५१ मतदाता पार्सदहरु थिए । जसमा १४४९ जनाले मात्रै मतदान गरेका छन ।

महासंघको केन्द्रीय कार्यालय तिलगंगामा मतपत्र लगेर गणना गर्ने भनिएपछि पछिल्लो समयमा निर्वाचन स्थल प्रज्ञाभवनमै गणना गर्ने सहमति भए अनुसार केही समयपछि मतगणना सुरु हुने र मध्यरातसम्ममा मतगणना सकिने बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्