Logo

पत्रकार महासंघमा मिश्रित परिणाम



काठमाडौ, ५ भदौ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा प्रारम्भिक मिश्रित देखिएको छ ।
प्रदेश नम्बर १ मा प्रेस चौतारीका सटेन्द्र जबेगू र युनियनका उद्दब तिमिल्सना विजयी भएका छन ।
प्रदेश नम्बर ५ को केन्द्रीय सदस्यमा वसन्त गिरी र पुरुषोत्तम सुबेदी निर्वाचित भएका छन ।
प्रदेश नम्बर ६ बाट पूर्णप्रसाद चौलागाई र कलेन्द्र सेजुवाल गठबन्धनको तर्फबाट विजयी भएका छन ।
प्रदेश नम्बर २ मा गठबन्धनका तर्फबाट देवकुमार यादव र शैलेन्द्र झा विजयी भएका छन ।
प्रदेश ४ बाट चौतारीका रामकृष्ण ज्ञवाली पत्रकार महाससङ्घको केन्द्रीय सदस्य विजयी भएका छन ।
प्रदेश नम्बर ३ बाट कृष्ण गिरी र द्धारीका काफ्ले बिजयी भएका छन् । बिजयी दुवै चौतारी प्यानलका हुन ।
यस्तै प्रदेश नम्बर ७ बाट पनि आचार्य नेतृत्वको प्यानलबाट सदस्यमा मिन बम बिजयी भएका छन् भने श्याम दत्त भट्ट र तिर्थ कोइराला नेतृत्वका उत्तर बिस्टले समान ४५÷४५ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्