Logo

सम्बन्धन दिन फर्जी प्रतिवेदन, यति ठूलो रहस्य बाहिरियो



काठमाडौं ६ भदौ । त्रिभुवन विश्व विद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन फर्जी प्रतिवेदन तयार गर्न लगाएको खुलेको छ । चिकित्शासास्त्र अध्ययन संस्थान (आईओएम)का प्राध्यापक डाक्टर करवीरनाथ योगीको संयोजकत्वमा गठित समितिले सम्बन्धनकै लागि प्रस्तावित कलेजमा नभएका पूर्वाधार र सुविधासमेत रहेको उल्लेख गरी झुटो प्रतिवेदन तयार गरेको हो । यही झुटो विवरणका आधारमा त्रिविले साउन १२ मा सम्बन्धन दिएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

त्रिविले डा. योगी संयोजकत्वमा ६ सदस्यीय निरीक्षण टोली गठन गरेको थियो ।

टोलीले २०७० कात्तिक २५ र २६ गते निरीक्षण गरी २७ गते बुझाएको प्रतिवेदनमा अस्पताल तथा मेडिकल कलेजमा सबै सुविधा रहेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्